कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : एमाले अध्यक्ष ओली

A notice in Nepali from Mechinagar Ward No. 10

५ चैत्र, काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् ।

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’

कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे ।

यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।

साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे। लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.