ओली प्रवृत्तिलाई निरुत्साहित गर्न गठबन्धनलाई वर्षौं टिकाउनु आवश्यक : देउवा

A notice in Nepali from Mechinagar Ward No. 10

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट सबभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भइरहेको बताएका छन्।

दाङको तुलसीपुरमा आज (आइतबार) आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले कुनै पार्टीलाई पनि हानि नगरेको बताए।

अदालत र जनता कसैलाई नटेर्ने केपी ओली र उनको पार्टी एमालेलाई पराजित गरेर लोकतन्त्र, संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो।

ओली प्रधानमन्त्री हुँदा राष्ट्र दुर्घटनातर्फ उन्मुख भए पनि आफूहरूले गठबन्धन बनाएको गरेको खबरदारीले जोगिएको दाबी उनले गरे।

ओलीले विघटन गरेको संसदलाई आफूहरूले अदालतमा हारगुहार गरेर पुनर्स्थापना गरेको उल्लेख गर्दै देउवाले ओली प्रजातन्त्रवादी नेता नै नभएको आरोप लगाए।

अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको तर्क गर्दै ओली प्रवृत्तिलाई निरुत्साहित गर्न त्यसलाई वर्षौं टिकाउनुपर्नेमा उनले जोड दिए। सानातिना समस्याको समाधान गर्दै गठबन्धनको सरकार तल्लो तहसम्म बनाउन जरूरी रहेको उनको भनाइ थियो। त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातालाई अपिल पनि गरे।  ‘विजयीको झन्डा तुलसीपुरबाट फहराउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.