देउवा र ओलीको प्रेरणाले थप ऊर्जावान बनाएको छ : मेयर बालेन

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाका (प्रमुख) मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटले आफूलाई थप ऊर्जावान बनाएको उल्लेख गरेका छन्।

देउवा र ओलीसँग भेटेको फोटो राख्दै साहले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘भेटघाटका क्रममा उहाँहरुले दिनुभएको प्रेरणाले हामीलाई थप ऊर्जावान बनाएको छ।’

काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गरिरहेको भन्दै बालेनले देउवा र ओलीसँगको भेट पनि सोही सिलसिलामा भएको प्रष्ट पारेका छन्।

‘हाम्रा लक्ष्यहरु विशाल र पवित्र छन्। आम मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ। यसका लागि सबैसँग सहकार्य अनिवार्य छ। राजनैतिक रुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ।’ उनले लेखेका छन्,  किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन। स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’

यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने उनले उल्लेख गरेका छन्।  समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्ने भन्दै उनले यसलाई अन्यथा नबुझिदिन अपिल गरेका छन्।

केही दिनअघि एमाले अध्यक्ष ओलीसँग भेटेका साहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.