स्थानीय चुनावका लागि २ करोड ७ लाख मतपत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, काठमाडौँ : निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको बताए।

‘पूर्व-अनुमान गरेर मतपत्र छाप्ने हो जहिले पनि अब केही ठाउँमा त्यस्तो हुनु स्वाभाविक नै हो। त्यसलाई अन्यथा मान्ने कुरै हुँदैन।’, उनले थपे, ‘यत्रो ठूलो जटिल व्यवस्थापन गर्दा केही प्रतिशत मतपत्र बढी हुनसक्छ।’ आयोगले ती पालिकाका लागि १३ लाख ४ हजार मतपत्र पुनः छपाइ गरेको थियो।

उनले प्रत्येक मतदानस्थलमा जम्मा मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र पठाउने प्रावधान रहेको स्पष्ट पारे। ‘कुनै मतदान केन्द्रको निर्वाचन स्थगन गर्नु पर्‍यो र पुनः मतदान गर्नुपर्‍यो भने पहिलेको मतपत्र काम लाग्दैन। त्यसैले १५ प्रतिशत बढी मतपत्र छापिन्छ’, उनले भने, ‘३० गते कहीँ गडबड भए त्यो दिन स्थगन गरेर अर्को दिन मतदान गराउनुपर्छ। तुरुन्तै छपाएर पठाउन त सकिन्न।’

तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन यस्तो प्रावधान राखिएको आयोगले जनाएको छ। बढी भएका मतपत्र छपाइ मुख्य निर्वाचन कार्यलयमा सुरक्षित रूपमा राखिने भएकाले दुरुपयोग नहुने उनको दाबी छ। मतदान सकिएपछि बढी भएको मतपत्र धुल्याउने (नष्ट गर्ने) आयोगले जनाएको छ। आयोगले सबै जिल्लामा आवश्यक पर्ने मतपत्र पठाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.