संघीय चुनावमा चाहिँ उम्मेदवार छान्‍न गल्ती गर्दैनौँ : गगन थापा

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर वा फागुनमा प्रदेश र संघीय निर्वाचन हुने त्यस निर्वाचनमा आफ्नो पार्टीले सही उम्मेदवार छनोट गर्ने बताएका छन्।

भक्तपुर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका मतदाता बढेका छन्। मतदान गर्नेको संख्या बढेको यो निर्वाचनबाट प्रमाणित भयो। प्रदेश र संघको निर्वाचनको तयारीमा जानुपर्छ। मंसिर वा फागुनमा निर्वाचन हुन्छ। त्यसकाे निर्णय सरकारले गर्छ।’

स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गरेकाले प्रदेश र संघको निर्वाचनकाे तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले कम्युनिष्ट पार्टी असफल भएको कारणले कांग्रेसको हातमा जिम्मेवारी आइपुगेको बताए।

‘संघ र प्रदेशमा हाम्रो सरकार छ। जिम्मेवारी प्रश्न गर्ने ठाउँमा हामी छैनौँ। अब हामीले हाम्रो बारेमा सोच्नुपर्छ। नयाँ चरण सुरु भइसकेकाले हामीले जिम्मेवारी लिनुपर्छ’ उनले भने, ‘संघ र प्रदेशको सरकार पनि हामीले चलाउनुपर्छ। अहिलेको निर्वाचनमा भएको उम्मेदवार चयनको गल्ती कमजोरीलाई संघको निर्वाचनमा दोहोर्‍याउँदैनौँ।’

कम्युनिष्टहरुले आफ्नो घर झगडा मिलाउन नसक्दा ५ वर्ष देश दुर्घटनातर्फ गएको बताए। कम्युनिष्ट पार्टीले पाएको अवसर सदुपयोग नगरेको उनको भनाइ छ।

महामन्त्री थापाले भने, ‘स्थानीय तहमा पनि पाएको ५ बर्ष आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको हाम्रा उमेद्वारहरु हार्नुभएको छ। हामी मात्रै होइन। एमाले पनि पहिला जितेको अधिकांश ठाउँमा हारेको छ। मेयर र उपमेयर विवादको कारणले कतिपय ठाउँमा स्थानीय तह चल्न सकेनन्। सबै कानुनअनुसार चल्दा समस्या हुँदैन।’

केहीदिन अगाडि थापाले काठमाडौं महानगरमा कांग्रेसले जित्न नसक्ने अवस्था आउनुमा पार्टीले योग्य र युवा उम्मेदवार छनोट गर्न नसकेर गल्ती गरेको बताएका थिए। पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित्ने लगभग पक्का जस्तै भएको छ। गणना गर्न बाँकी रहेको भोटसंख्या भन्दा बालेनको अग्रता बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.