गठबन्धनको चुनावी अभियान देउसी जस्तो : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२२ वैशाख, महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् ।

बिहीबार कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन ।’

ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर झस्कने गरेको बताए ।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन् ।’

गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाए ।

‘कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन्,’ उनले भने, ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन ।’

एमालेलाई टर्च लगाएर खोज्नु पर्छ भन्नेहरुलाई उनले बैलौरी सभा हेर्न आह्वान् गरे । ‘अरुले आफ्नो हैसित अनुसारका कार्यक्रम गरिरहेका छन् । एमालेबाट छुटिएको नेताले टर्च बालेर खोज्नु पर्छ भन्यो । बेलौरीमा यत्रो सभा देखेनन्,’ उनले भने, ‘वैशाख ३० गतेपछि कसलाई कसले टर्च बालेर खोज्नुपर्छ देखाउँछौं ।’

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.