तनहुँमा चुनाव लड्न प्रधानमन्त्री ओलीलाई रामचन्द्र पौडेलको ‘निम्तो’

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन्।

योहो टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिने क्रममा: प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए।

साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए।

नेता पौडेलले आज केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन पनि आग्रह गरेका छन्।

म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्दैछ।

प्रधानमन्त्री ओली र पौडेलबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन। तनहुँमा पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले अवरोध गरेको पौडेलले बताएका थिए।

तनहुँमा ओलीनिकट कृष्णकुमार श्रेष्ठ किसानले पौडेललाई गत चुनावमा हराएका थिए। पुल उद्घाटनमा नेकपाले अवरोध गरेपछि पौडेलले ओलीलाई आफू आस्थाका लागि जेल बसेको तर ओली व्यक्ति हत्यामा जेल बसेको आरोप लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.