राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असार , तनहुँ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यकता देखिएको बताउनु भएको छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ द्वारा आइतबार शुक्लागण्डकी ४ दुलेगौँडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

‘‘प्रत्यक्ष निर्वाचन प्रणालीबाटै दलित, महिला, अल्पङ्ख्यकको उचित प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँ होइन भने, कुनै एकल पार्टीको बहुमत सरकार नबन्ने हो’’, थापाले भन्नुभयो।

अनिवार्य रुपमा गठबन्धन वा तालमेलमा जानुपर्ने महामन्त्री थापाको भनाइ थियो। सरकार निर्माणको लागि गठबन्धन र तालमेल भनेको भागबण्डा मात्र हो भन्दै गइयो भने नेपालको राजनीतिक व्यवस्थामाथि नै लगातार जनविश्वास गुम्दै जाने उहाँको भनाई थियो। उम्मेदवारको अलमल हटाउन साउनमै गठबन्धनको टुङ्गो लगाइने बताउनुभयो।

‘‘कुन क्षेत्रमा लड्ने भन्ने अलमल हटाउन साउनको अन्तिम सातासम्ममा उम्मेदवार हुने वा नहुने टुङ्गो लगाउँछौं’’, महामन्त्री थापाले भन्नुभयो।

सङ्घ तथा प्रदेशको चुनावको असारको अन्तिममा मिति घोषणा हुने र कात्तिक ३० निर्वाचन गर्ने तयारी रहेको जानकारी दिँदै महामन्त्री थापाले चुनाव लड्ने क्षेत्रको अलमल हटाउनमा साउमै टुङ्गो लगाइने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.