निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड- नेपाल पक्ष निर्वाचन आयोगमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ। निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड-नेपाल पक्ष आयोग गएको हो।

आयोगले पुस १७ गते पठाएको पत्रप्रति आपत्ति जनाएको यो समूहलेलाई आयोगले फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। यो समूहले भने आधिकारिक नेकपा आफू नै भएको दावी गरेको छ।

प्रतिनिधिसभा विघटन गर्नै प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रचण्ड -नेपाल समूहले दोस्रो चरणको संघर्षको आन्दोलन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.