एमालेले अघिल्लो निर्वाचनकै वाचा पूरा गरेन : महामन्त्री शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

२२ वैशाख, पूर्वी नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा कम्युनिस्टले शासन गर्न सक्दैनन् भन्ने पुष्टि भइसकेको दाबी गर्दै कांग्रेसलाई मत दिनपर्ने बताएका छन् । ‘गत निर्वाचनमा जनताले कम्युनिस्टलाई झण्डै दुई तिहाई मत दिएर शासन संचालनको जिम्मा दिएकै हुन्,’ शर्माले भने, ‘शासन सत्ता संचालन गर्न सकेनन् र २३ सिटमा सीमित भएको कांग्रेसलाई सुम्पिए । जनमत कांग्रेस प्रतिपक्षमा बसोस् भन्ने थियो कम्युनिस्टहरुले ३ वर्षमै सत्ता कांग्रेसलाई नै सुम्पिए ।’

हुप्सेकोटमा नेपाली कांग्रेसद्वारा बिहीबार आयोजित चुनावीसभामा बोल्दै शर्माले सोझै कांग्रेस जिताउँदा सबैको हित हुने दाबी गरे । ‘एमालेको घोषणापत्रको बाहिरी आवरणमा हवाईजहाज, रेल र ठुल्ठूला भ्यूटावर बनाउने चित्र छ,’ शर्माले भने, ‘कांग्रेसको घोषणापत्रको बाहिरी कभर पेजमा हेर्नुहोस्, मान्छेका चित्र छन् । कांग्रेस प्रत्येक मान्छेसँग जोडिन चाहन्छ एमाले सपनाको पुलिन्दा बाँड्छ । कांग्रेस र एमालेको घोषणापत्रको बाहिरी कभरपेजबाट नै कांग्रेस मान्छेसँग जोडिएको सन्देश गएको छ ।’

‘मान्छेका आधारभूत कुरा पुरा भइसकेपछि बल्ल जहाज र रेलको कुरा आउँछ । एमालेको रेल कहाँ आयो ?,’ शर्माले भने, ‘कसका घरघरमा खाना पकाउने ग्यासको पाइप आयो छुट्याउने र प्रश्न गर्ने बेला यही निर्वाचन नै हो ।’ भ्यूटावर र रेल ल्याउने कुरा गरेर एमालेले अघिल्लो निर्वाचनकै बाचा पूरा नगरेको शर्माको आरोप थियो ।

‘५ वर्षअघिकै निर्वाचनमा टोलटोलमा रेल कुदाउने र घरघरमा खाना पकाउने ग्यास जोड्ने उडन्ते कुरा गरेका केपीको काम देखिहाल्नुभयो,’ शर्माले अगाडि भने, ‘कहाँ आयो रेल, कसको घरमा आयो खाना पकाउने ग्यासको पाइप ?,’ उनले प्रश्न गरे, ‘अब नेपाली जनताले कसले झुटको खेती गर्छ, कसले काम गर्छ छुट्याउने बेला फेरि आएको छ, धेरै नअलमलिनु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.