त्रिविका रोकिएका परीक्षा फागुन १ देखि सञ्चालन हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२० माघ, काठमाडौँ : कोरोना सङ्क्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान चार वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमिततर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन्। यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन्।

सञ्चालनकै क्रममा कोरोना सङ्क्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो। पनिकाले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ।

स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.