१४ जेठ, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गर्नु भएकको छ ।

प्रधानमन्त्री ओली । फाइल तस्बिर ।
उहाँले विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको पनि बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताउनु भयो । उहाँले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गर्नु भएकको छ। ‘कोभिड महामारीमाथिको विजयका लागि खोप अनिर्वाय छ । हालसम्म हामीलाई अनुदानबाट ३२ लाख २८ हजार डोज, खरिदबाट उपलब्ध १० लाख डोज बाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरुलार्य दोस्रो डोज जसरीपनि उपलब्ध हुने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु,’ ओलीले भन्नु भयो, ‘थप खोपको व्यवस्था गरेर सबै वयष्क नागरिकलाई खोप लगाएर महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’
कोभिडको नि:शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको र महामारी सुरु भएको एक बर्षको अवधिमा भेन्टिलेटरको संख्या ३३७ बाट ९०४, आईसियू बेड २६०० बाट ३ हजार पुर्याईएको सम्बोधनमा ओलीले बताउनु भयो ।
अस्पतालमा २८५३ हाई डिपेन्डेन्सि यूनिट र ९ सय अक्सिजन कन्सन्ट्रेन्टर थप भएको उहाँको भनाई छ । छिट्टै १८० भेन्टिलेटर, ६३० आईसिय, १४०० एचडियू र १९ अक्सिजन प्लान्ट थपिने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नु भएकको छ।
























