सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई

A notice in Nepali from Mechinagar Ward No. 10

११ पौंष, काठमाडौँ : नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।

त्यस्तै, बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् ।

उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।

‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’

स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘केही गरौं भन्नेहरुकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.