सरकारको ठूलो निर्णय: शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । बढ्दो इन्धन संकट र पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता ल्याउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने ऐतिहासिक निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चैत २३ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अबदेखि प्रत्येक शनिबार र आइतबार सरकारी कार्यालयहरू तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ।

निर्णयका मुख्य बुँदाहरू:
  • दुई दिन बिदा: पेट्रोलियम पदार्थको खपत घटाउन सरकारी कार्यालय र विद्यालयहरू शनिबार र आइतबार बन्द रहनेछन्।

  • नयाँ कार्यालय समय: शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

  • विद्युतीय रूपान्तरण: इन्धनमा वैदेशिक परनिर्भरता घटाउन पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय (Electric) मा रूपान्तरण गर्ने नीतिगत निर्णय समेत सरकारले गरेको छ।


किन गरियो यस्तो निर्णय?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको र नेपाल आयल निगमले अर्बौँ घाटा बेहोरिरहेको वर्तमान अवस्थामा इन्धन खपत कम गर्नु अनिवार्य भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। दुई दिन बिदा दिँदा सरकारी सवारीसाधनको प्रयोगमा कमी आउने र वैदेशिक मुद्राको सञ्चितिमा समेत राहत पुग्ने सरकारको विश्वास छ।

यो निर्णय चैत २३ गतेदेखि देशभरका सबै सरकारी निकाय, सार्वजनिक संस्थान र शिक्षण संस्थाहरूमा अनिवार्य रूपमा लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.