सरकारले शक्ति दुरूपयोग गर्‍यो:नेकां वरिष्ठ नेता रामचन्द्र पौडेल

A notice in Nepali from Mechinagar Ward No. 10

मंसिर १७,
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको छ। बुधबार साँझ पौडेल रिहा भएका हुन्।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।

उनले कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराएका छन्।

उनले सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया दिएका छन्।

पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको
थियो।

पौडेल पक्राउ परेकोमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए।

पौडेल पक्राउ परेकोमा कांग्रेस र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका थिए।

नेकपा कार्यकर्ताले पौडेलबाट पुललगायत संरचना उद्घाटन गर्न नहुने भन्दै बुधबार बिहान प्रदर्शन र नाराबाजी गरेका थिए। नेकपाका पाँच कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.