भद्रपुरमा ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा

A notice in Nepali from Mechinagar Ward No. 10

२१ चैत्र, भद्रपुर : सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सय बढी सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ ।
विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुने गरी नगर प्रमुखसँग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस वर्ष ६३४ परिवारको स्वास्थ्य बीमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् ।
सन्थाल समुदायलाई स्वास्थ्य बीमा गरिदिएको बीमा भुक्तानीवापतको रकमबराबरको चेक आज नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्तरुपमा हस्तान्तरण गरे । सन्थाल समुदायको स्वास्थ्य बीमाका लागि नगरपालिकाले २२ लाख १९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर वेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मु, झापा जिल्ला अध्यक्ष लखन हेमरमलगायत सो समुदायका अगुवा व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका नगरप्रमुख पोखरेलले नगरपालिकाले गरिदिएको स्वास्थ्य बीमाको समुचित उपयोग गर्न वीमितहरुलाई आग्रह गर्दै सन्थाल समुदायको उत्थान, संरक्षण र विकासका लागि नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे भने उपप्रमुख कार्कीले सन्थाल समुदायमा अझै पनि रोग लुकाएर बस्ने, स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसक्ने अवस्था रहिरहेकाले सो समुदायका अगुवाहरुले समुदायमा स्वास्थ्य सचेतना बढाउनुपर्ने उल्लेख गर्दै नगरपालिकाले गरिदिएको स्वास्थ्य बीमाबाट प्राप्त हुने सविधा उपयोग गर्न आग्रह गरिन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेग्मी, स्वास्थ्य बीमा बोर्डकी आचार्य, वडा नं ७ का अध्यक्ष अभिषेक ढुंगाना, ९ नं वडाध्यक्ष राम दाहाल, सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष वेस्रालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.