एसईई परीक्षा खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

८ पौंष, काठमाडौँ : कक्षा १० को एसईई परीक्षा खारेज गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।

आज (बिहीबार) सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भएकाले एसइई खारेज गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

संसदीय समितिले यसअघि २०७७ जेठ २९ गते पनि एसइई खारेज गर्न निर्देशन दिएको थियो। सरकारले सो निर्देशन कार्यान्वयनमा नल्याएको भन्दै समितिले पुनः सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकले शिक्षा ऐनको मस्यौदा छिटो तयार पारेर समितिमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ।

सभापति घर्तीले चिकित्सा शिक्षा अध्यापन गराइरहेका कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क उठेको समाचार आइरहेकोबारे सत्यतथ्य जाँच गरी समस्या हल गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन्।

बैठकले इसिडी शिक्षकले पाउनुपर्ने तलब कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.