महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मान र पुरस्कृत

A notice in Nepali from Mechinagar Ward No. 10

१९ मंसिर, मेचीनगर: ‘स्वास्थ्य जीवन शैली हाम्रो अवश्यतका संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने नारा सहित आइतबार १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । सोहि अवसरमा झापाको मेचीनागरमा र्याली, सम्मान र पुरस्कृत गरी मनाइएको छ । मेचीनगर नगरपालिको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा काँकरभिट्टा स्वास्थ्य चौकीबाट शुरु र्यालीले काँकरभिट्टा बजारको मुख्यः मुख्य भागको परिक्रममा गरी स्वास्थ्य चौकीमा आएर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले स्वास्थ्यकाक्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो नगरपालिका र गाउँपालिकाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेको उहाँको भनाई थियो । सोहि अवसरमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्य सम्पादनबाट उत्तिर्ण चारजना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित नगद रकमले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत बालकुमार श्रेष्ठ वडानम्बर —५,तारा भण्डारी वडानम्बर— ६, धनकुमारी न्यौपाने वडानम्बर— ७ र हिराकुमारी गुरुङ वडानम्बर—८ लाई नगदसहित फूल माला र टिका प्रमुख अतिथि वडाध्यक्ष तामाङ, स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले कार्यक्रमको अध्यक्षता गदैं संयुक्तरुपमा प्रदान गर्नुभयो । स्वास्थ्यकर्मी विष्णुप्रसाद घिमिरेले सञ्चालन र वरिष्ठ अनमि भद्रिका विशुंखेले स्वागत गरेको कार्यक्रममा पुरस्कृतहरुकोतर्फबाट तारा भण्डारीले विचार राख्नुभयो ।

परिवार नियोजन स्थायी÷अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण, पिल्स तथा कन्डम वितरण,मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भवती जाँचको लागि प्रोत्साहन, गर्भवती महिलालाई आईरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहन तथा आमा सुरक्षा कार्यक्रमबारे जानकारी, यदि घरैमा प्रसुती भएमा अत्यधिक रक्तश्रावको जोखिमबाट रोकथामाको लागि मातृ सुरक्षा चक्कीको प्रयोग सम्बन्धि परामर्श तथा वितरण (कार्यक्रम लागु भएका जिल्लामा मात्र), स्वास्थ्य संस्थामा ३ पटक सुत्केरी जाँचको लागि प्रोत्साहन अन्तर्गत सुत्केरी अवस्थामा आमालाई भिटामिन ए तथा आईरन चक्की वितरण, गर्भवती, प्रसुती र सुत्केरी अवस्थाका खतराका लक्षणहरु पहिचान गरी प्रेषण, गर्भको तैयारीको लागि परिवारमा सन्देशलगायतका काम महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गर्ने स्वास्थ्य चौकी प्रमुख खतिवडाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.