त्रिवि शिक्षण अस्पतालमा छैंटौं कलेजो प्रत्यारोपण

A notice in Nepali from Mechinagar Ward No. 10

९ असोज, काठमाडौँ: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौं व्यक्तिको सफल कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेका हुन्।

काठमाडौँका ३६ वर्षीय पुरुषलाई उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। डा. भण्डारीकाअनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो ।

डा. भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएका डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच जनाको सफल कलेजो प्रत्यारोपण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.