आज २५६५औं बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै बुद्धजयन्ती मनाइँदै छ

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, लुम्बिनी — आज २५६५औं बुद्ध जयन्ती । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै बुद्धजयन्ती एवं लुम्बिनी दिवस–२०७८ मनाइँदै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका छन् ।

 

 

मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ । बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो ।

भिक्षुहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेससभा सदस्य फकरुद्धिन खान र लुम्बिनी विकास कोषका पदाधिकारीले मात्रै बुद्धजयन्तीको औपचारिक कार्यक्रममा भाग लिएका छन् ।

गत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएकाले निश्चित धर्मगुरु मात्र जम्मा भएर बुद्धजयन्ती मनाइएको गरिएको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.