माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, विराटनगर: नेकपा (माओवादी केन्द्र)ले दिएको प्रदेश १ सरकारको समर्थन आइतबार फिर्ता लिएको छ ।

प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७  चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकार अनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.