मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, धुलाबारी : युवा पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा क्लिक गरेर अनलाइनको उद्घाटन गरे ।

बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, मेची ट्युन्स एफएम, सौर्य दैनिक काठमाडौँ लगायतका सञ्चारमाध्यममा कार्यरत थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बराल, कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी, आदिबासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका फ्याक सुब्बा, मेचीनगर प्रेस क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेल, चौतारी पोस्टका सम्पादक जीएन शर्मा, सामाजिक कार्यकर्ता हरि दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अनलाइनका बारेमा सम्पादक अर्जुन कार्कीले प्रकाश पारेका थिए भने नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

पाउँ पाथिभरा सञ्चार प्रालि प्रकाशक रहेको मेचीनगर अनलाइनमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयका समाचार प्राथमिकतामा रहने सम्पादक कार्कीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.