मलाई जिउँदै जलाउने प्रयास गरियो– मेचीनगर उप–प्रमुख मीना पोखरेल उप्रेती

महिला हिंसा विरुद्धको कार्यक्रमा सहभागी भएकै दिन उप–प्रमुख माथि हिंसा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १८ मङ्सिर। मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल उप्रेतीले आफूलाई गाडीभित्रै जलाउने प्रयास गरिएको आरोप लगाउनु भएको छ । आफू चढेको मे १ झ १७२ नंं. को गाडीलाई एक समूहले रोकेर जलाउने प्रयास गरेको उहाँले बताउनु भयो ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको संघीय संसदको विकास समितिका सांसदसहितको छलफल कार्यक्रममा सहभागी भएर फर्किरहेको बेला दिउँसो राजमार्गमै बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

सोही घटनाको बारेमा जानकारी दिदैं उप–प्रमुख उप्रेतीले मेरो मेचीनगर डटकमलाई बताउनु भयो– ‘चारआली स्थित वार्ड नं. १३ को कार्यालय अगाडि मेट्रो पेट्रोल पम्प भन्दा थोरै पश्चिम मेरो गाडी रोकेर मलाई गाडीबाट ओर्लिनुस भन्दै कर गरेपनि आफू नउत्रेपछि उनीहरुले आज सरकारी गाडी जलाउने अभियान भएको हुँदा यो गाडी जलाउँछौ भने , मैले म उत्रदिन यो सबैको साझा सम्पत्ति हो भनेपनि उनीहरुले मानेनन् र म गाडी भित्रै रहेको अवस्थामा पेट्रोल छर्कन थाले र जलाउने प्रयास भएपछि मैले गाडी ड्राइभरलाई गाडी हुइक्याउँन लगाए र घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी जानकारी पनि दिएँ ।’

कुन समूहले कुन प्रयोजनको लागि यो अराजक गतिविधि गरेको थाहा नभएपनि आजै म महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमा सहभागी भएको र आफूलाई यसरी ज्यान मार्ने सम्मको कोशिस हुनु भनेको यो म एकजान मात्र महिलाको चुनौती हैन यो देश व्यापी रुपमै महिलाहरु माथिको च्यालेन्ज हो भन्ने मेरो बुझाइ छ- वहाँले भन्नु भयो ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले मेरो मेचीनगर डट कामलाई बताउनु भयो।
डिएसपी पोख्रेलले भन्नुभयो, ‘घटनामा सङ्ल्ग्न बारे यसै भन्न नसकिने तर हिजो नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको विषयलाई लिएर समर्थकहरुले विरोध गरेको हुन सक्ने अनुमान गरिएको छ । अनुसंधान भइरहेको हुँदा चाँडै घटनाको यथार्थ बाहिर ल्याउने जानकारी दिनु भयो ।

त्यसैगरी मेचीनगर नगरपालिका कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै उप प्रमुखमाथि भएको घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख विमल आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नको तत्काल खोजी पहिचान गरी कानून बमोजिम कारबाहीका लागि स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.