नेपाल स्काउटको स्थापना दिवसमा मेचीनगरमा वुक्षरोपण र सरसफाई

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, मेचीनगर: नेपाल स्काउटको ७० औं स्थापना दिवस झापाको मेचीनगरमा शनिबार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल स्काउट मेचीनगर समितिले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरको सरसफाई र मन्दिर परिसरमा वृक्षारोपण गरेको थियो ।


नेपाल स्काउट युवाहरुलाई विद्यालय तह देखि नै स्वयम् सेवी बन्न र उनीहरुको सर्वाङ्गगिण विकासमा टेवा पु¥याउने उद्धेश्यले स्थापना भएको स्वयम्सेवी संस्था हो । यसको स्थापना नेपालमा वि.सं. २००९ साल असार ५ गतेका दिन भएको थियो । नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.स. २०४३ मा कीर्तिपुरमा गरेको थियो । नेपाल स्काउटले दोस्रो ज्याम्बोरी विसं २०६९ मा चितवनको टिकौलीमा गरेको थियो । राष्ट्रकबि माधव प्रसाद घिमिरे पनि स्काउट हुनुहुन्थयो । उहाँ नेपालमा स्काउटिङ शुरु भएको पहिलो ब्याचका सदस्य हुनुहुन्छ ।


नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अत्यधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने , दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने , सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने , समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने तथा स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने नेपाल स्काउटको उद्देश्य रहेको छ ।

नेपाल स्काउट मेचीनगर संयोजक रीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर परिषद् अध्यक्ष एवम् मेचीनगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर वार्ड नं. ६ का वार्ड अध्यक्ष ललितबहादुर तामाङ्ग, पूर्व जिल्ला आयुक्त भुवन सुब्बा, पूर्व जिल्ला संगठन आयुक्त मीनाकुमारी कटुवाल कार्की, पूर्व जिल्ला कार्यक्रम आयुक्त एवम् सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुली, रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेण्ट इलेक्ट सुजन प्रधान, मेची उद्योग वाणिज्य संघका सदस्य अन्जु थापा, अरुणोदय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, स्काउट मेचीनगर सदस्य सुष्मा सुब्बा लगायत वरिष्ठ स्काउटर, राष्ट्रिय ज्याम्बोरीमा विशेष योगदान दिई ज्याम्बोरी सफल पार्ने सर्भिस टिमका रोभर/रेन्जरहरु, काँकरभिट्टा रोभर/रेञ्ज्र ओपन क्र्यू, युनाइटेट ओपन क्र्यू धुलाबारीका रोभर/रेञ्जरहरु, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, ट्राफिक प्रहरी हवाल्दार कुमार भट्टराई लगायतले कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।

स्काउट भक्त, उपयोगी र सहयोगी हुन्छ ,सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भागिनित्व कायम राख्दछ , विनम्र हुन्छ , स्काउट प्राणी प्रति दयालु हुन्छ र स्काउट अनुशासित र आज्ञाकारी हुने मेचीनगर संयोजक थापाको भनाई छ । दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने बताउँदैं पछिल्लो समय कोभिड १९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत नेपाली सनाको साथमा नेपाल स्काउटले सहयोग गरिरहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.