माधव नेपाल पक्षले दियो नेपाल कम्युनिष्ट पार्टी (एकिकृत) नामको दल दर्ताको आवेदन

A notice in Nepali from Mechinagar Ward No. 10

 

९ जेठ, काठमाडौँ। निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।

युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)  राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिनुभयो

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव,  ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम  भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ ।
पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

के भन्छन् राई ?
राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।

‘मैले निर्वाचन आयोगमा एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको हुँ’, राईले रातोपाटीसँग भने, ‘४५ दिनपछि दर्ता प्रमाणपत्र लिन आउनु भनेर आयोगले भनेको छ ।’

उनले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको बताए । ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’, राईको भनाई छ ।

राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे ।
‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौ भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.