माधव नेपालले पार्टी खोल्न हतार गर्नुभयो, फर्किनुको विकल्प छैन : योगेश भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

७ भाद्र, काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको टिप्पणी गरेका छन्। निर्णायक मोडमा पुगेपछि नेपालको साथ छाेडेका नेता भट्टराइले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि भने, ‘अलग पार्टी दर्ता प्रक्रियामा रहेका नेताहरुलाई स्थगित गरेर पार्टी एकतामार्फत ऐतिहासिक रुपमा लाग्नको लागि भोलिको स्थायी कमिटी बैठकले आह्वान गर्छ।’

नेता नेपालसँग सहकार्य गरे पनि पार्टी विभाजनको पक्षमा आफूहरु नभएको उनले बताए। नेपाललाई पार्टी एकताको पक्षमा उभिन आग्रह गर्दै पार्टीमा भएका कारबाहीको बिषय स्वतः अमान्य हुने ओलीले प्रतिबद्धता जनाएको बताए।

‘पार्टी विभाजनको बाटोमा हाम्रो साथ हुँदैन भनेर भन्दै आएको हौँ। तर, उहाँले हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट भन्दा बाहिर जानुभयो। धेरै केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यलाई जानकारी नै गर्नुभएन’ उनले भने।

पार्टीमा कसैलाई नराम्रो व्यवहार गर्न नहुने भन्दै उनले एकता जोगाउनका लागि सबैले धैर्यधारण गर्नुपर्ने बताए। अध्यक्षसँग विमति भएको बिषयमा बैठकमै कुरा राख्नुपर्ने उनको भनाइ छ।

ओली र नेपालबीच सहमतिमा हल गर्नको विकल्पबारे छलफल गरेर कार्यदलले निष्कर्ष निकालेको उनले बताए। विवाद समाधान कार्यदलले १० बुँदे सहमति लाई नै पार्टी एकताको बिन्दु भएको उनको भनाइ छ।

कार्यदलले बनाएको सहमतिमा नेताहरुको धारणा नमिलेकै कारणले अहिलेको समस्या निम्तिएको उनले बताए। नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले एकता जोगाउन पहल गर्नुपर्ने  उनकाे भनाइ छ।

उनले भने, ‘एकता बचाउनका लागि १० बुँदे प्रस्तावलाई जोड दिऔँ। सहमति कार्यान्वयनका लागि सहमति भएको छ। भोलिको बैठकले १० बुँदे कार्यान्वयनका लागि मिति निर्धारण गरेर केन्द्रीय कमिटीको बैठक बोलाउँछौँ। ०७५ जेठ २ गते कायम भएको छ। प्रदेश वडा, केन्द्र सबै तहसम्म त्यही पदाधिकारी हुन्छ। भोलि बैठकले निर्धारण गछौँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.