नेपाल फर्किए राजदूत खतिवडा

A notice in Nepali from Mechinagar Ward No. 10

११ कार्तिक, काठमाडौँ : अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन्  । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ ।

उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमार राज खरेल, आर्थिक सल्लाहकार होम कान्त भण्डारी, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा ,सैनिक सहचारी भुवन पूर्ण सत्याललगायत दूतावासका कर्मचारी पुगेका थिए ।

पूर्व मन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू, र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर(आवासीय राजदूतको रुपमा काम गरेका थिए ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनी विश्व बैङ्क, आईएमएफ र विश्व बैङ्क समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी रहेका थिए । अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैङ्कको गभर्नर रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.