नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

A notice in Nepali from Mechinagar Ward No. 10

१३ पौंष, काठमाडौँ : टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल नेपालमा सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो ।

टाइफाइड किटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो। दक्षिण कोरियाली कम्पनी इन्टरनेननल भ्याक्सिन इन्स्टिच्युटले यो खोप बनाएको हो । क्लिनिकल ट्रायलबाट उक्त खोप एक मात्रा दिएपछि सुरक्षित रहेको पाइएको विज्ञहरुले जनाइएको छ ।

बालरोग विशेषज्ञ गणेश राई प्रमुख अनुसन्धानकर्ता रहेको सो ट्रायलमा धुलिखेल अस्पतालका दिपेश ताम्राकार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल रोग विशेषज्ञ शिप्रा चौधरी, कान्ति बाल अस्पतालका विष्णुरथ गिरी, नेपालगञ्ज मेडिकल कलेजका पियुष कनोडिया, धुलिखेल अस्पतालका राजिव श्रेष्ठ टोलीमा सहभागी थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप ट्रायलका लागि अनुमति दिएपछि सन् २०१९ नोभेम्बर २० देखि २०२० मार्च १० को बिचमा १८ सय जनामा खोपको क्लिनिकल ट्रायल गरिएको हो।

उक्त ट्रायलपछि विज्ञहरुले सो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरसम्बन्धी पूर्व योग्यता स्थापित भएपछि प्रयोगमा आउन सक्ने बताएका छन् । भीआइडीटी कञ्जुगेट खोप लगाएपछि विकास हुने प्रतिरक्षात्मक प्रक्रिया डब्लुएचओबाट यसअघि नै स्वीकृत पाइसकेको टाइफाइडको अर्को खोप भारत बायोटेक इन्डिया भारतले बनाएको भीआईटिटी खोपको तुलनामा कम नहुने जनाइएको छ ।

अहिले फिलिपिन्समा पनि यही भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ। खोपको क्लिनिकल ट्रायलका टोली सदस्य विष्णुरथ गिरीका अनुसार नेपालमा वर्षेनी १५ सय देखि २ हजार व्यक्तिको मृत्यु टाइफाइडका कारण हुने गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.