२४ जेठ, काठमाडौं : नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयकाे आयाेजनामा राष्ट्रिय प्रशिक्षकहरुकाे राष्ट्रिय गाेष्ठी शुभारम्भ भएको छ । नेपाल स्काउटका राष्ट्रिय संयाेजक एवम् राष्ट्रिय प्रशिक्षक लाेकबहादुर भण्डारीले गाेष्ठीकाे शुभारम्भ गर्नुहुँदै नेपालमा स्काउटिङ्गकाे विकासमा आधुनिक प्रविधिको विकाससँगै चुनाैती समेत थपिएकोले त्यसमा खराे उत्रन समय सापेक्ष नीति नियम निर्माण गर्नुपने भएकोले यसबाट छलफल र अन्तरक्रिया गरि सुझाव संकलन गर्नुका साथै व्यवस्थित तालिम सञ्चालन गर्न आवस्यक जनशक्ति व्यवस्थापन गर्नु गाेष्ठीकाे उदेश्य रहेकाे बताउनु भयाे ।
काठमाडौंकाे बाैद्धमा रहेकोे हाेटल तिब्बत इन्टरनेशनलमा ३ दिन सम्म चल्ने गाेष्ठीमा देशभरिबाट ८० जना भन्दा बढी राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकहरुकाे सहभागिता रहकाे छ । उद्घाटन कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय आयुक्त श्रीराम लामिछानेकाे विशेष उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकै अवसरमा नेपाल स्काउटकाे पाठ्यक्रम बमोजिम तालिम पूरा गर्नु भएका पूरुष राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकहरुलाई राष्ट्रिय संयाेजक लाेकबादुर भण्डारीले र महिला राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकहरुलाई राष्ट्रिय प्रशिक्षक भूवन सुब्बाले सपथ ग्रहण गराउनुका साथै बिट्स, प्रमाणपत्र तथा स्कार्फ प्रदान गर्नुभएको थियाे ।
कार्यक्रममा राष्ट्रिय तदर्थ समिति सदस्यहरु विजेन्द्र ध्वजु, शिवबहादुर भण्डारी, राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे, ग्लाेबल प्राेग्राम म्यानेजर प्रेरणा शाक्य एवम् नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईकाे उपस्थिति रहेको थियाे ।





























