ओलीले भन्नु भयो : माधव नेपालले गल्ती आत्मालोचना गर्ने र कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना र कमीकमजोरी स्वीकार गरेपनि कुनै ठाउँ नभएको बताउनु भएको छ।

तर, नेपालको पछि लागेकाहरुले भने कमीकमजोरी स्वीकार गरेर आए पार्टीमा मौका दिने उहाँले बताउनु भयो ।

बालुवाटारबाट बुधबार बालकोट पुग्नु भएका ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेपालप्रति आक्रोश पोख्नु भयो।

‘हाम्रै पार्टी भित्र विभिन्न शक्तिहरु छन् । घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरु प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए,’ ओलीले भन्नु भयो, ‘माधव नेपालजस्ता लाज सरम हराएका……उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन् । पछाडि लाग्नेहरुले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

सर्वोच्चको परामदेशबाट प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि ओली प्राधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट फर्कनु भएको हो । उहाँलाई कार्यकर्ताहरुले स्कर्टिङसहित बालुवाटारबाट बालकोट लगेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.