सरकार त्रास फैलाएर आफू सुरक्षित हुँदै छ, जनताको वास्ता छैन-नेपाली काँग्रेस

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोभिड–१९ संक्रमण रोक्नेभन्दा त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको जनाएको छ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो ।

 

“हामीले १५ बुँदे ध्यानाकर्षणमार्फत सरकारलाई जिम्मेवार बनाउने प्रयत्न गर्‍यौँ । तर, सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको छ,” कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि बताउनु भयो, “अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पीसीआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्‍याउने सार्थक प्रयास गरिरहेको छैन ।”

उहाँले सरकारले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम गरिरहेको बताए ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.