मनीषा कोइरालाले भनिन्- के यो नेपालीको सरकार नै हो?

A notice in Nepali from Mechinagar Ward No. 10

बलिउड अभिनेत्री मनीषा कोइरालाले २९९ औं पृथ्वी जयन्ती मनाउन निस्किएकामाथि प्रहरी धरपकड गरिएको भन्दै आपत्ति जनाएकी छन्।

सोमबार दिउँसो उनले ट्वीट गर्दै पृथ्वी जयन्ती मनाउन निस्किएको ठाउँमा पानीको फोहोरा र टियर ग्यास सहितको प्रहरी तैनाथ भएको भन्दै आपत्ति जनाएकी हुन्। सरकारले जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सम्मान नगरेको समेत उनले बताएकी छन्।

‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठिक उल्टो देखियो,’उनले लेखेकी छन्,’पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य? पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो?’

सोमबार विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ। काठमाडौंमा पनि र्‍याली निकालेर कार्यक्रम मनाइएको थियो। सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको गर्ने क्रममा प्रहरीले त्यस क्षेत्रमा जान रोक लगाएको थियो। तर सहभागीहरू भने विरोधका बाबजुद् पनि अगाडि बढेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.