तीनमहिनाअघिदेखि भारतमा हराइरहेकी एक नेपाली चेलीको उद्दार

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २८ पुस । तीनमहिना अघिदेखि हराईरहेकी एक नेपाली किशोरीलाई विहारबाट उद्दार गरेर नेपाल फर्काइएको छ ।

महोत्तरीको जलेश्वर घर बताउने करीव २४ वर्षीय स्मृति शर्मा नाम परिवर्तनलाई एक यादव थरका युवाले ललाईफकाई कात्तिकमा जनकपुरको सीतामढी नाका हुँदैं विहार पुर्याएका थिए । ती युवा किशोरीकै घर आसपासमा गृह निर्माणको काम गर्दथे । किशोरीकै घरमा समेत आउने जाने गर्दथे । यसैक्रममा उनीसँग चिनजान भएको र उनैले आफुलाई लिएर गएको उनको भनाई छ । अहिले आफुलाई छाडेर युवा भने वेपत्ता भएको प्रहरीसमक्ष ती किशोरीले बताएकी छन् ।

सोमबार साँझतिर विहार जिल्लाको पूर्णिया रौटामा ग्राम पञ्चायतका प्रधान पञ्च महमद साहाविरले रोईरहेको अवस्थामा ती किशोरीलाई फेला पारेर स्थानीय महिला अधिकारकर्मी महिला मोर्चा प्रखण्ड महिला संघका अध्यक्ष खुश्मुदालाई जिम्मा लगाएका थिए । उनले किशोरीसँग सोधपुछ गरी घटनाको विवरण सुनाएपछि ग्राम पञ्चायतकै निर्णय अनुसार नेपाल पुर्याउन आएको प्रधानपञ्च साहाविरले बताउनुभयो । किशोरी आफू कसरी यहाँसम्म आइपुगे भन्ने बारेमा केही बताउन नसक्ने अवस्थामा रहेको भारतीय महिला अधिकारकर्मीहरुको भनाई छ ।

ती किशोरीलाई नेपालसम्म पुर्याउन प्रधानपञ्च साहाविरसहित अध्यक्ष खुश्मुदा रअन्य महिला अधिकारकर्मीहरु आएका थिए । उनीहरुले किशोरीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिम्मा लगाएको प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नेपाल प्रहरीले किशोरीले दिएको ठेगानाका आधारमा आफ्न्तसँग कुरा भएको र उनका अभिभावकहरु आएपछि जिम्मा लगाउने तयारी गरेको प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई छ । ‘विहारबाट आउनु भएको जनप्रतिनिधि महिला अधिकारकर्मीको टोलीले प्रहरीलाई ती किशोरी जिम्मा लगाएको छ’ प्रहरी नायव उपरिक्षक पोखरेलले भन्नुभयो— ‘ हामीले किशोरीको घर ठेगाना र अभिभावकको ठेगाना पत्ता लगाई सकेका छौ । उहाँको बुबा शिक्षक पेशामा हुनुहुँदो रहेछ हामीले किशोरीलाई सुरक्षितरुपमा राखेका छौ परिवारसँग टेलिफोन सम्पर्क भईसक्यो उहाँहरु आएपछि हामी उनलाई जिम्मा लगाएर घर पठाउछौ ।’ उनलाई अहिले चेलीबेटी तथा मानव बेचविखन विरुद्घ पूर्वी नाकामा काम गदैं आएको गैर सरकारी संस्था आफन्त  आफ्न्त नेपालको गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.