सांसदहरुसँग ओलीको टिप्पणी- एमसीसी संसदबाट पास गर्न होइन सडकमा आगो बाल्न ल्याएका हुन्

A notice in Nepali from Mechinagar Ward No. 10

८ फागुन, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् ।

संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका करिव दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताए ।

छलफलमा सहभागी सांसद यज्ञराज सुनुवारले ओलीको भनाइ उदृत गर्दै भने– यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्,जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि अहिले ल्याइएको हो । यसमा एमालेको कुनै भूमिका रहदैन । सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं,प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।

अध्यक्ष ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताएका थिए ।

पूर्व प्रधानमन्त्री ओलीले उतिबेलै एमसीसी पारित गरिएको भए अहिले यस्तो अवस्था नआउने बताएका थिए ।

अहिले चीन र अमेरिका प्रत्यक्ष भनाबैरीमा उत्रिएपछि सरकारले एमसीसी संसदमा लगेको ओलीको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.