माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्दै सकियो बन्दसत्र

A notice in Nepali from Mechinagar Ward No. 10

१६ पौंष, काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ। माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेकाे राजनीतिक प्रतिवेदन पारित गरेको हो।

महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए। यस्तै, सोही दिन स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा  प्रस्तुत गरेका थिए।

मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए। समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो। बन्दशत्रमा नेताहरू हरिबोल गजुरेल, सुरेन्द्र कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेश गरेका थिए।

बन्दशत्रको आजको शत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाए। उनले सबैको सुझावलाई आत्मसात् गर्दे पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताएका थिए। नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता अध्यक्ष प्रचण्डले व्यक्त गरेपछि अध्यक्ष  मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो।

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दशत्रको हलले सर्वसहमतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेण्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताए। उनले माओवादी एजेण्डामा नै देश अगाडि बढीरहेकाले यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताए।

‘विशेष महाधिवेशन गर्छौँ’

अध्यक्ष प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले निर्वाचनपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाए । उनले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााण्का लागि प्रस्थान बिन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताए।

समूहगत छलफलको क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै बृहत र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । सोही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि विशेष महाधिवेशन गर्ने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.