प्रचण्ड छाड्न तयार थिए, रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ : देउवा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ वैशाख, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भनेका छन्, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’

प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस नेता प्रकाशमान सिंह पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । आमाबाबुले सिर्जनाको बिहे प्रकाशमानसँग गरिदिएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ? यो अपराध त होइन नि !’

अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीका बहुमत आउन नसक्ने भन्दै गठबन्धनको वकालत गरेका देउवाले भने, ‘भोलि पनि गर्ने गठबन्धन हो, अहिलेको गठबन्धन सजिलो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.