प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

काठमाण्डाैमा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले पर्सि २० गतेदेखि माघ २३ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । प्रचण्ड–नेपाल समूहले पर्सि २० गते पालिकास्तरमा र २५ गते वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

यस्तै २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूहले माघ २३ गतेसम्म पालिकादेखि केन्द्रसम्म देशव्यापी विरोध प्रदर्शनदेखि भेला र संगठन विस्तारमा काम गर्ने जनाएको छ । यसअघि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भए पनि अन्तिम समयमा आएर प्रचण्ड–नेपाल समूहले एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.