नेकपाको प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन आज

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले आज  पनि शक्ति प्रदर्शन गर्न लागेको हो। यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो।

हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् ।

सरकारविरुद्ध काठमाडौं बासी भित्रभित्रै आन्दोलित भइरहेको बैठकलाई ब्रिफिङ गरेका नेता खनालले बुधबार हुने सभामा उनीहरु उपस्थित हुने दाबी गरे। प्रतिनिधि सभा विघटन भएसँगै  नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो। यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ। उसले हिजो निर्वाचन आयोगमा पुगेर दुई चरणमा निर्वाचन गर्ने जिल्ला र प्रदेशको नाम पनि टुंगो लगाएको छ।

ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.