आज देशभर एमालेको वडा अधिवेशन हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

६ कार्तिक, काठमाडौँ : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदै छन्।

वडा अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने भएको छ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेको जनाएको छ। बाढी र पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने एमालेले जनाइएको छ।

यस्तै यही कात्तिक ९ गते सबै स्थानीय तहको अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन चितवनमा गर्ने एमाले स्थायी कमिटीले निर्णय गरिसकेको छ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य मानिएको छ।

चितवनमा  हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ। एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.