एमाले नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने

A notice in Nepali from Mechinagar Ward No. 10

६ मंसिर, काठमाडौँ : नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताएका हुन्।

‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेत भने ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु।’

बस्नेतले अहिले एमालेको नाममा सबैले गौरव गर्नुमा नेकपा कालमा आफूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। ‘मैले सन्ध्या तिवारीहरुलाई अघि सारेर नेकपा एमाले दर्ता नगरेको भए आज हामीले एमालेको नाममा राजनीति गर्न पाउथ्र्यौं कि पाउदैन थियौं?’ बस्नेतको प्रश्न छ ‘त्यस बेलाको मेरो त्यो भूमिकालाई मै प्रति आगो झोस्ने नेताहरुले अहिले एमालेको नाममा राजनीति गर्न पाउनु भएको छ। यो खुशीको कुरा हो

यस्ता छन् सचिव पदका लागि बस्नेतका १० दाबी

जनयुद्धका नाममा माओवादीले एमालेका ३ सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला युथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको।

माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको।

माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको।

पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको। सो गरे बापत अनेक झुट आरोप व्योहोरेर अपमानित हुनु परेको।

संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको।

एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको। पटक पटक मन्त्री बनाउने तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पुरा गर्न नदिए पनि सदन भित्र सरकारको पक्षमा सशक्त भुमिका निर्वाह गरेको।

भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रस्तुत गरेको

राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको।

पुष ५ पछाडि सत्ता र शक्ति भित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको।

पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पुरा गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.