भिम रावललाई बोल्न दिएकोमा एमालेद्वारा आपत्ति

A notice in Nepali from Mechinagar Ward No. 10

८ फागुन, काठमाडौँ: आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ ।

आइतबारको संसद बैठकमा  नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आपत्ति जनाउँदै बोलेका थिए ।

सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आपत्ति जनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अपत्ति जनाएका हुन् ।

‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो । तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?’, प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो ।

तर रावलले भने समय लिएर एमसीसी टेवल गर्न नहुने पक्षमा बोलेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरिरहँदा विपक्षमा आवाज उठाएका थिए । ‘संसदीय प्रक्रियामै हामी सामेल हुने परिस्थिति बनेको थिएन । तर भीम रावललाई सभामुखले बोल्ने समय दिनुभयो । यसमा आपत्ति छ’, भट्टराईले भने ।

सभामुख सापकाटाले भने आफूबाट कमजोरी हुन पुगेको स्वीकार गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.