एमाले एकढिक्का भएपछि प्रदेश १ को नीति तथा कार्यक्रम सहजै पारित, असार १ गते बजेट

A notice in Nepali from Mechinagar Ward No. 10

 

३० जेठ, विराटनगर: प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित गर्न प्रदेश १ को प्रदेशसभामा एमाले एकढिक्का भएको छ । एमाले एकढिक्का भएपछि जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज प्रदेशसभाबाट सहजै पारित भएको हो । ९३ सदस्य रहेको प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने अघिल्लो दिन मुख्यमन्त्री राई र माधव नेपाल पक्षीय नेता भिम आचार्यबीच संवाद भएको थियो । आचार्यले पार्टी केन्द्रमा जे भए पनि आफ्नो समुहले सरकारलाई साथ दिने बताएको स्रोतको भनाइ छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गरेकोमा जनता समाजवादीले मात्रै फिर्ता लिएको थियो । जसपा नेता जयराम यादवले उठाएको चुरे क्षेत्रसँग सम्बन्धित मुद्धा समेट्न गरेको आग्रह मुख्यमन्त्रीले स्वीकार गर्नु भएको थियो ।

जेठ २७ गते बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलमा ३२ सांसदले धारणा राखेका थिए । प्रदेश १ सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.