काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ती जारी गर्दै ३ दिन भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सातै प्रदेशमा मेघगर्जन सहित भारी वर्षा हुने सम्भावना रहेको छ।
























