केही दिन मौसम बदली हुने पूर्वानुमान

A notice in Nepali from Mechinagar Ward No. 10

३० असोज, काठमाडौँ : आजदेखि केही दिन देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार भारत आन्ध्रप्रदेश र उडिसाको तटीय क्षेत्रमा न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा पनि मौसम बदली हुने सम्भावना देखिएको हो ।

त्यसको खास प्रभाव आइतबारदेखि देखिन थाल्ने महाशाखाको पूर्वानुमान छ । नेपालभर उक्त वायुले हल्कादेखि मध्यम वर्षात् गराउने अनुमान छ । मेघ गर्जन, चट्याङ र हावाहुरी पनि गराउन सक्ने भएकाले महाशाखाले सबैमा सतर्कताका लागि आग्रह गरेको छ । हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.