नेपाल प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
प्रधानमन्त्री वालेन्द्र शाह शुभकामना सन्देश दिँदै

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आउँदा दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानूनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ।

📌 मुख्य बुँदाहरू:

  • प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आधुनिक तालिम, पूर्वाधार र कानूनी सहजतासहित विपद् सामना गर्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
  • सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना अगाडि बढाएको छ।
  • वित्तीय र साइबर अपराध नियन्त्रणका लागि इन्टिग्रेटेड एन्टिस्काम सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरिने भएको छ।

नेपाल प्रहरी अस्पताल मेडिकल कलेजको रूपमा विकसित हुने
प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभएको छ। कर्तव्य पालनाको सिलसिलामा भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखंडमा जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

'विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी' भन्ने नाराका साथ मनाइँदै गरेको ७१औँ प्रहरी दिवसका अवसरमा विमोचन हुने 'पुलिस मिरर–२०८३' ले संगठनको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ।

साइबर र वित्तीय अपराध नियन्त्रणमा विशेष ध्यान
पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको वित्तीय र साइबर अपराधको रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्री शाहको भनाइ छ। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एकै ठाउँमा ल्याई नागरिकका गुनासाहरू प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ।

साथै, अपराध नियन्त्रणका लागि कृत्रिम बुद्धिमत्ता (एआई), 'एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट' र 'इन्टिग्रेटेड एन्टिस्काम सेन्टर' स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा नेपाल प्रहरीलाई निरन्तर सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति पनि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.