निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेद्वारा कार्यकालको प्रगति विवरण सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । केहि दिनअघि मात्र  राजिनामा दिएका प्रदेश १ का मन्त्रीहरुमध्ये  सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनले २ वर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयमा पदभार ग्रहण गर्दा १० वर्षभित्रमा झोला र किताब विस्थापित गरी डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ वटा विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरी सूचना प्रविधिको पहुँच पुर्‍याएको उहाँले बताउनु भएको छ ।

ई–एजुकेसन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशभर सञ्चालित प्रयोगशालाहरूको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको , याङ्गशिला, उदयपुर र विराटनगरमा सर्प दंश उपचार केन्द्र स्थापनाका साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्प दंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उहाँलेल  जानकारी दिनुभयो  ।

कोभिड नियन्त्रणका लागि थ्री टिको नीति अवलम्बन गरी ( ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट ) को यथोचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ महामारीसँगको चिकित्सकीय युद्धमा अग्रपङ्क्तिमा खडा भई आफ्नो जोखिम व्यवस्थापन गर्दै अहोरात्र सेवा प्रदान गरी महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा सङ्क्रमितहरूलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।

नेपालमै छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सिजन, आइ .सी. यु तथा भेन्टिलेटर सेवा सहित २ सय बेडको अस्पताल स्थापना र सञ्चालन गराएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानव सेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानव सेवा आश्रमको भवन शिलान्यास गरी निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

सन् २०२५ सम्म प्रदेश नं. १ लाई बाल विवाह मुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बाल विवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको, अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा पहिलो चरणमा २७ वटा स्थानीय तहमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, शहीद रङ्गशाला विराटनगरमा रात्रिकालीन समयमा पनि खेलकुद आयोजना गर्न सकिने हेतुले फ्लड लाइट जडान सम्पन्न गरिएको प्रगति उहाँले सार्वजनिक गर्नुभयो ।

श्रमिक समूहमा रोजगारी सिर्जना गर्न स्किम बैङ्क कार्यक्रम लागू गरिएको , भाषा, कला, साहित्यमा लामो योगदान गरेका २६ जना विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरिएको, प्रदेशको ललितकला संरक्षण र संवर्द्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा गर्न लगाइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको अढाई बर्षे कार्यकालको मूल्याङ्कनका लागि प्रदेश १ योजना आयोगले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा समेत प्रदेश सरकारका सबै मन्त्रालय र निकायहरू मध्ये सामाजिक विकास मन्त्रालय उत्कृष्ट घोषित भएको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलब्धि ७१.८४ प्रतिशत रहेको पनि उहाँले बताउनुभयो ।

( संचार माध्यमको सहयोगमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.