एक्लै चुनाव जित्नेगरी एमालेले तयारी गर्नुपर्छ : केपी ओली

A notice in Nepali from Mechinagar Ward No. 10

९ असार, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको चुनाव एक्लै जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।

बिहीबार साँझ आफ्नै निवास बालकोटमा पुगेका एमालेका राष्ट्रियसभा सदस्यहरुसँग अध्यक्ष ओलीले आन्तरिक रुपमा पार्टी एकताबद्ध हुँदा एक्लै बहुमत ल्याइने बताएका हुन् ।

‘अहिलेसम्म हाम्रा विरुद्ध गठबन्धन सक्रिय छ, प्रहार गरिरहेको छ । तर प्रहार रोक्ने गरी जार्नुुपर्छ’, ओलीको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘आन्तरिक रुपमा एकताबद्ध हुँदा हामी नै जित्छौं ।’ मुलुक एमालेकै नीतिमा हिँडेकाले एक्लै बहुमत आउने स्थिति रहेको अध्यक्ष ओलीले बताएका थिए ।

‘विकासको नीति, परराष्ट्र नीति सवैमा एमाले सही छ । त्यसो हुँदा फेरि पनि प्रमुख शक्ति एमाले नै हो’, ओलीले भने ।

तर अहिलेकै गठबन्धन चुनावसम्म नरहन पनि सक्ने अध्यक्ष ओलीले संकेत दिएका छन् । ‘विगतमा पनि आकस्मिक निर्णय भएको थियो । भोलि पनि त्यो हुँदैन भन्न सकिन्न । तर अहिलेसम्म केही भएको छैन’, ओलीले वाम गठबन्धनको सम्भावना रहन सक्ने संकेत दिएको ती सहभागीले बताए ।

अध्यक्ष ओलीले दुवै सम्भावनाका लागि तयारी अवस्थामा पार्टी पंक्ति रहनुपर्ने बताएका थिए । ‘आकस्मिक घटना होइन, प्राथमिकतामा एक्लै जित्ने तयारी गर्नुपर्छ भन्ने नै कुरा छ’, ती सहभागीले भने । तर पार्टीभित्र देखिएको समस्या भने हल गरेर सुदृढ रुपमा अगाडि बढ्नुपर्ने ओलीले बताएका थिए ।

एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले अध्यक्ष ओलीलाई राष्ट्रिय राजनीति, राष्ट्रियसभाका उपाध्यक्ष, संसदीय समितिका सभापति चयन लगायतबारे कुरा राखेका थिए । संसदीय विषयगत सभापति चयन नहुँदा सदन प्रभावकारी बन्न नसकेको भट्टराईले बताएका थिए ।

ज्वाफमा अध्यक्ष ओलीले भने यी विषय सदनमा प्रभावकारी रुपले उठाउन निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.