उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीबाट हटाउन सरकारसँग डा. केसीको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। प्राध्यापक डाक्टर गोविन्द केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाउन माग गरेका छन्।

मंगलबार(आज) प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र लेख्दै डाक्टर केसीले निजी अस्पताल र विद्यालयका सञ्चालक श्रेष्ठलाई तत्काल स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीबाट हटाउन आग्रह गरेका हुन्।

उनले देउवा नेतृत्वको सरकारका सुरुवाती गतिविधिले नागरिकहरुलाई पहिलो गाँसमै ढुंगा लागेको पनि टिप्पणी गरेका छन्। उनले देशको सार्वजनिक स्वास्थ्य प्रणाली धरासायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पताल सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने कदम निन्दनीय रहेको बताए ।

उनले स्वास्थ्यजस्तो संवेदनशील विषयको नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु गलत रहेको बताएका छन्।

डाक्टर केसीले देशमा नयाँ सरकार गठन भएपछि अरु क्षेत्रमा झैं मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याको चाङ समाधान गर्न नयाँ सरकारले अग्रसरता लिने कुरामा पनि तुसारापात भएको टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.