एमालेद्वारा सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

‘पछिल्ले २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो । ‘

उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको बताए । ‘मन्त्रीदेखि को-को संलग्न छन् त्यसमा छानबिन हुनुपर्छ,’ उनले भने ।

गिरीको भनाइलगत्तै एमालेका संसदहरुले नाराबाजी गर्दै वेल घेरेका थिए । सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.