एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यमा निर्वाचित भएका छन्। बहराइनको मनामामा भएको ३३औं एफसी कंग्रेसको निर्वाचनमा नेम्वाङ दक्षिण एसियाबाट सदस्यमा निर्वाचित भएका हुन्। उनको कार्यकाल सन् २०२७ सम्म रहनेछ।

सदस्यमा नेम्वाङसहित १४ जनाको उम्मेदवारी परेको थियो। खुल्ला सदस्यका लागि नेम्वाङसँगै दक्षिण एसियाबाट भारतका डा. शाजी प्रभाकरण र माल्दिभ्सका बासाम अडिल जलिल गरी तीन जनाको उम्मेदवारी परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.